काठमाडौं,
माघ १८ ।
शिशिर योगीको स्वरमा रहेको गीत ‘उठ नेपाली जुट नेपाली’ सार्वजनिक भएको छ । सञ्चारकर्मी, कवि तथा साहित्यकार सुशीला ढकाल अधिकारीको शब्द, शिशिरकै संगीत, मनोहर सुनामले संगीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत शहीद दिवसको दिन पारेर सार्वजनिक गरिएको हो ।
दिल समर्पणले रेकर्ड गर्नुभएको गीतको दृश्यांकन भने वीरेन्द्र भाट विपिनले गर्नुभएको छ । एकौष्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोष्ट प्रोडक्सन वल्र्ड कभर मिडिया प्रालिले गरेको हो । गीतको भिडियो सिर्जनाको चौतारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






