‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ सार्वजनिक (भिडियोसहित)

ललितपुर,
२० पुस ।

आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । ललितपुरको पुल्चोकस्थित लबिम मलमा शुक्रबार एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । यसमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापाले २० वर्षपछि यही गीतमार्फत् पाश्र्व गीत लेखनमा कमब्याक गर्नुभएको हो । एकस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राई र प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ ।

गीतमा चलचित्रका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड हुनुहुन्छ । नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गर्नुभएको छ ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उहाँले ‘हाम्रो मुमिन’ डकु–ड्रामाको पनि निर्देशन गर्नुभएको थियो । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उहाँकै स्क्रिप्ट लेखन छ । चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिकामा हुनुहुन्छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो चलचित्रमा मनोहरदास मुल, अनिल राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

चलचित्रमा अमर महर्जनको डिओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी छ । ओएसआर डिजिटल पार्टनर रहेको यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार