श्रम तथा रोजगार सम्मेलन हुने

काठमाडौं,
पुस १८ ।

सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ गर्ने भएको छ । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आगामी फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने जानकारी गराएको हो । वैदेशिक रोजगार क्षेत्रमा देखिएका चुनौतीका विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजनाउपर पृष्ठपोषण लिने मन्त्रालयको भनाइ छ । सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी पाँच सयजनाको सहभागिता रहने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार