‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस ५ ।

माघ ४ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको स्वर, शब्द तथा संगीत र रिजोल पोखरेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=17g8Cx0jwmEhttps://www.youtube.com/watch?v=17g8Cx0jwmE

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई मनोजकुमार अधिकारीले निर्माण गर्नुभएको हो भने नितिश पुन सह निर्माता रहनुभएको छ । हरर कमेडी यो चलचित्रमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैै हुनुहुन्छ । चलचित्रलाई नवीन भट्टले निर्देशन गर्नुभएको हो । उहाँको यो निर्देशनमा डेब्यु चलचित्र हो ।

मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायत कलाकारको अभिनय रहेको चलचित्रमा जितु तामाङको छायांकन छ ।

रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको यो चलचित्रलाई देशभर आरआर फिल्मस्ले वितरण गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार