पर्यावरर्णीय गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
मंसिर २५ ।

सेन्ट जेभियर्स कलेजका प्राध्यापकद्वय खेम प्रसाईं र देवेन्द्र पौडेलको शब्द रचना रहेको गीत ‘धर्तीको गीत’ (पर्यावरर्णीय गीत) सार्वजनिक गरिएको छ । दीपक लिम्बु र रोजिना बस्नेतको स्वर र महेश खड्काको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा कुशल ढकाल, दीपा सुहाङ, पासाङ लामा, संगीता राजपहेली, गणेश श्रेष्ठ र सगुन लिम्बुको कोरष गायन छ ।

सेन्ट जेभियर्स कलेजको उत्पादनमा यो पर्यावरणीय गीतिमा सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल डा.अगस्टिन थोमस एस जेबाट जेभियर्स डे को अवसरमा सार्वजनिक गरिएको हो ।

समारोहमा सेता परेवा उडाएर यो गीत सार्वजनिक गरिएको थियो । गीतमा विद्यार्थीहरूले नृत्यसमेत प्रस्तुत गरेका थिए । यो पृथ्वी मान्छेको मात्र होइन, यो प्राणी जगत सबैको हो भन्ने भाव गीतमा व्यक्त गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार