‘परिणाम नखोज तिमी’ भन्दै नारायण (भिडियोसहित)

काठमाडौं,
मंसिर २३ ।

नारायण थापाको स्वरमा रहेको गीत ‘परिणाम नखोज तिमी’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिङरमास्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । मेलोडी नेपाल रेकर्डिंङ स्टुडियोमा रेकर्ड भएको यो गीत आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘समाज एवं घर(परिवारभित्र हुने आर्थिक उतार–चढाब, त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीतमार्फत उधिन्ने कोशिश गरेका छौं । एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन, गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाव र सम्बोधन नै गीतको मुख्य सार हो’, गायक थापा भन्नुहुन्छ ।

‘सोह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई’लगायत करिब पाँच दर्जनभन्दा पढी गीतमा स्वर दिनुभएका भएका गायक थापाको अजम्बरी(२०७२, परिवेश(२०७७, आकर्षण(२०७९ जस्ता तीन एल्बम बजारमा आइसकेका छन् । चौथो एल्बम ‘आभूषण’को तयारीमा रहेको उहाँले जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार