सिड्नी
मंसिर १२ ।
सत्यराज र स्वरूपराज आचार्य अष्ट्रेलियाको सिड्नीमा गुञ्जिनुहुने भएको छ । आउँदो डिसेम्बर ६ मा फ्लेभर्स अफ नेपालको आयोजनामा सिड्नीको ग्रयानभिलस्थित टाउन हलमा ‘द सत्य-स्वरूप शो’ हुन लागेको हो ।
फ्लेभर्स अफ नेपालका राजेश केसीले कार्यक्रमको तयारी करिब पूरा भएको जानकारी दिनुभयो । सिड्नीमा हुने शोपछि यो कार्यक्रम डिसेम्बर ९ मा न्यू क्यासल, डिसेम्बर १५ मा क्यानबेरा र डिसेम्बर १६ मा ओलगंगमा उनीहरूको सांगीतिक प्रस्तुति रहने केसीले जानकारी गराउनुभयो ।
द सत्य स्वरूप शो कार्यक्रमको अस्ट्रेलिया टुरको म्यानेजमेन्ट द स्तुपा टेस्ट अफ नेपाल उलंगनले गरेको हो। यसैगरी भिसा पार्टनरमा होराईजन ऐसोसियटस प्राईभेट लिमिटेड र ट्राभल पार्टनरमा एभरेष्ट ट्राभल प्राईभेट लिमिटेड रहेको छ ।
गायक सत्य र स्वरूपले आफूहरूले लामो समयको अन्तरालपछि अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिन लागेको बताउनुभयो ।






