‘परालको आगो’मा सुहाना

काठमाडौं,
मंसिर ७ ।

चलचित्र ‘परालको आगो’मा अभिनेत्री सुहाना थापा अनुबन्धित हुनुभएको छ । चलचित्र निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले सुहानालाई शुक्रबार चलचित्रमा अनुबन्धित गर्नुभएको हो ।

मैनाली कथा पुरस्कार ट्रस्टले केही समयअघि हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई चलचित्र निर्माणको मञ्जुरी दिएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ ।

कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ चलचित्रमा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गर्नुभएको छ । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । त्यहीकारण मैले घरबाहिरको चलचित्र पहिलोपटक साइन गरें’, सुहानाले भन्नुभयो ।

निर्माता पोखेलका अनुसार चलचित्रको प्रदर्शन २०८२ को दशैंमा हुनेछ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गर्नुभएको थियो ।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले चलचित्रमा प्रस्तुत गर्न लागेको बताउनुभयो ।

निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने चलचित्र फागुनदेखि छायांकनमा जाँदैछ । कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार