बढ्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौं,
मंसिर १ ।

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी निगमले प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ ।

पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ बढेर आएको छ । निगम सञ्चालक समितिले भने डिजेल र मट्टितेलको मूल्य मात्रै बढाएको हो ।

यसमा तपाइको मत

अन्य समाचार