काठमाडौं,
मंसिर १ ।
शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा रहेको गीत ‘आधा मुटु’ सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द, गायक भण्डारीकै संगीत र कृष्ण केसीको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जेरी भण्डारीको निर्देशन, कथा र पटकथा रहेको गीतको भिडियोमा अभिनेता सुशान्त कार्की र अभिनेत्री गरिमा शर्माको अभिनय छ । मर्मस्पर्शी गीतमा प्रेम, विवाह र डिभोर्सको कथा समेटिएको छ ।
म्युजिक फिल्म शैलीमा निर्माण भएको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको भिई, सिजी, जिएफएक्स र भिएफएक्स छ ।






