काठमाडौं,
कात्तिक २२ ।
यही कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । प्रेम, सस्पेन्स, एक्सनले भरिपूर्ण ट्रेलर साउथ फिल्म फ्लेभरको छ । ट्रेलरमा समेटिएका दृश्य हेर्दा चलचित्रमा साउथ फिल्मको ह्याङओभर देख्न सकिन्छ ।
अभिनेत्री निता ढुंगानाले पहिलो पटक निर्माण गरेको चलचित्रको ट्रेलरमा नीता र नायक हरिहर अधिकारीलाई विशेष प्राथमिकता दिइएको छ । यो जोडीबीचको प्रेम, रोमान्स, धोकालाई ट्रेलरमा देखाइएको छ । चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारको अभिनय छ ।
ट्रेलरमा विपना थापा, सञ्चिता लुँइटेल, साउथ अभिनेता ब्रह्मानन्दम, अली, कबीर दहन सिंहसहित नेपाली कलाकारहरू सरोज खनाल, रेखा थापा, गजित विष्ट, प्रशान्त ताम्राकार, रविन्द्र झा, आदर्श मिश्रलगायतलाई पनि स्थान दिइएको छ ।
हरिहर अधिकारीको कथा, प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रमा बलिउड छायांकार कवीरलालको छायांकन छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी हुनुहुन्छ ।






