काठमाडौं,
कात्तिक १२ ।
टेक विसी र ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ । पवन सुशलिङ र टीमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौ’, संगीतकार भीमले भन्नुभयो । गीतको भिडियो साईराम पिक्चर्सको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






