ज्योती फिल्मस् म्युजिक अवार्डको छैठौं संस्करण दुबईमा हुने

काठमाडौं,
असोज ३० ।

आगामी डिसेम्बर १ मा युएईको बरदुबईमा छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड तथा सांस्कृतिक साँझ २०८१ आयोजना हुने भएको छ ।

रोयल मुभिज प्रा.लि. र राष्ट्रिय सङ्गीतकर्मी संघ युएईको आयोजनामा हुने अवार्ड समारोह तथा सांस्कृतिक साँझ बरदुबईको अस्टोरिया होटलमा हुने बताइएको छ ।

आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठका अनुसार कार्यक्रममा नेपालबाट दुईदर्जन कलाकारको टिम जानेछन् । साथै दुबईमै रहेका केही कलाकारहरूको प्रस्तुति पनि रहने बताइएको छ । अवार्डको उत्कृष्ट पाँच मनोनयन एकसाता अघि सार्वजनिक भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार