विनोद ढकालको स्वरमा ‘दशैँ र तिहार’ (भिडियोसहित)

काठमाडौं,
असोज २५ ।

नेपालीहरूको महान् पर्व बडा दशैँ र तिहारको चाडको उमङ्ग समेटिएको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा गायक विनोद ढकालको स्वर, संगीत, र शब्द छ ।

राजु भट्टको निर्देशनमा तयार गरिएको यो भिडियोले काठमाडौंका व्यस्त गल्लीहरूदेखि चित्लाङका शान्त सुन्दर दृश्यसम्मको यात्रालाई कैद गरेको छ ।

भिडियोले पारिवारिक पुनर्मिलन र चाडपर्वको उत्सवलाई सम्झाउने क्षणहरू प्रस्तुत गर्दछ । भिडियोमा मोडलहरू निर्जन थापा, सुशान्त आर टि, सुशिला उप्रेती (बोजु), आश्विनि कोईराला, ईश्वर बल्लभ उप्रेति, प्रतिशा उप्रेति कटुवाल लगायतले चाडपर्वको बेला यात्रा गर्दा देखिने खुशीका पलहरूलाई जीवित बनाउनुभएको छ ।

ती जीवन्त क्षणहरूलाई छायांकार रणधीर श्रेष्ठले क्यामेरामा कैद गनुभएको छ भने सम्पादनको कार्य टेकेन्द्र शाहले गर्नुभएको छ । गीतको भिडियो विनोद ढकालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार