काठमाडौं,
असोज २० ।
विजय गुरुङ र तृप्ती खड्का गुरुङको स्वर रहेको गीत ‘तिमी आयौ मेरो लागि’ सार्वजनिक भएको छ । विजयकै शब्द एवं संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जगत रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा रोहित जोशी, रिना गुरुङ र रोहित श्रेष्ठलाई फिचरिङ गरिएको छ । विवेक विकको छायांकन रहेको गीतको भिडियोमा रोशन धितालको सम्पादन छ ।






