‘घुम्नलाई जाँदा लाङटाङ’ भन्दै कन्हैया (भिडियोसहित)

काठमाडौं,
असोज १९ ।

कन्हैया सिंह परियारको नयाँ गीत ‘घुम्नलाई जाँदा लाङटाङ’ सार्वजनिक भएको छ । गायक सिंहको आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

माधव लामिछानेको शब्द रचना रहेको यो मेलोडियस गीतमा गायक कन्हैया सिंह परियारकै सङ्गीत छ । बलराम समालको सङ्गीत संयोजन रहेको गीतमा समालको नै मिक्सिङ छ ।

विजय रुम्बाको निर्देशन, छायांकन र सम्पादन रहेको गीतको भिडियो आकर्षक बनेको छ । रमणीय लोकेशनमा छायांकन गरिएको यो भिडियोमा गायक कन्हैया सिंह परियारले नै मुख्य भूमिका निर्वाह गर्नुभएको छ । भिडियोमा उहाँलाई कनिशा सिङ्तानले साथ दिनुभएको छ ।

गायक तथा संगीतको रुपमा लोकप्रियता हासिल गर्नुभएका कन्हैया सिंह परियारलाई अभिनयमा पनि अब्बल देखिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार