‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ चलचित्र बन्ने

काठमाडौं,
असोज १५ ।

गायक एवम् सङ्गीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतबार फिल्मको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।

फिल्ममा टंककै निर्माण तथा निर्देशन हुनेछ । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस फिल्ममा बिनय अधिकारी सह-निर्माता रहने छन् ।
सामाजिक कथामा बन्ने यस फिल्मबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकी डेब्यु गर्दैछन् ।

फिल्मबाट नेपाली रजतपटमा नवनायक रमेश बिकको डेब्यु हुदैछ । निर्देशक बुढाथोकीले फिल्ममा विकलाई अनुबन्धित गरेको जनाकारी दिए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन् ।

तिहार लगतै छायांकनमा जाने फिल्मको नायिका लगायत अन्य कलाकारहरू केही दिनमा फाइनल गर्ने तयारी छ ।

यसमा तपाइको मत

अन्य समाचार