काठमाडौं,
असोज ९ ।
चलचित्र ‘डिएनए’को टिजर सार्वजनिक गरिएको छ । नेपाली पौराणिक एक्सन थ्रिलर भनिएको यो चलिचत्रको टिजरमा नवअभिनेता सुधन पोखरेलको एक्सन देख्न सकिन्छ । निर्माणपक्षले छायांकन अघि नै ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक गरिएको हो ।
टिजरमा अभिनेता पोखरेल एक व्यक्तिले रक्षामा देखिन्नुहुन्छ । उहाँले एक रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाश टिजरमा देखाइएको छ । निर्देशक चानस पुन मगरले उक्त बाकसबाट निस्किएको प्रकाश कुनै पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको बताउनुभएको छ । चलचित्र ‘डीएनए’लाई चानस पुन मगर र मणिरत्न त्रिपाठीले संयुक्त रूपमा लेखन तथा निर्देशन गर्दै हुनुहुन्छ ।
चलचित्रको छायांकन फागुनमा हुने बताइएको छ । चलचित्र निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ ।
यसमा राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायांकन गर्ने चलचित्रको सहायक छायाँकारमा यज्ञलाल ज्ञवाली हुनुहुन्छ । मानस्वी मालाकारको संगीत तथा गणेश क्षेत्रीको सम्पादन रहने ‘डिएनए’मा कुमार भास्कर निर्माता, आशिष पुडासैनी एसोसियट निर्माता र विकास भण्डारी कार्यकारी निर्मातामा हुनुहुन्छ । चलचित्रको मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली रहनुभएको छ ।






