छठमा ‘फिरफिरे फिरिरी’

काठमाडौं,
असोज ९ ।

हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को पोस्टर सार्वजनिक गरिएको छ । बिन्दबासिनी क्रियसनद्वारा निर्मित फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। चलचित्र ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरि चलचित्र निर्माणमा फर्किएका हुन् ।

सन्दीप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको चलचित्रले दर्शकलाई पूर्ण मनोरंजन प्रदान गर्नेमा निर्माण टिम ढुक्क देखिएको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

नवीन भट्टको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा चारजना पात्रलाई देखाईएको छ। स्कुटीमा बसिरहेकी युवतीलाई तिन जना युवाले तानातान गर्दै गरेको देखाईएको छ । चलचित्रको फर्स्टलुकसंगै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ । चलचित्रको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन् ।

‘फिरफिरे फिरिरी’ चलचित्रको नाम पहेलो रंगले हाईलाइट गरिएको छ जस्मा स्लोगन ‘आज साईकल भोलि फरारी’ लेखिएको छ। यस चलचित्रमा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त शिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन छ । चलचित्रलाई देशभर आरआर फिल्मस्ले वितरण गर्नेछ । चलचित्रको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार