प्रहरीको कथामा‘एक कदम’ (भिडियोसहित)

काठमाडौं,
असोज ३ ।

समाजका हरेक क्षेत्रमा प्रहरीको अहम् भूमिका रहेको कुरालाई समेटिएको ‘एक कदम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विष्णु भण्डारीको शब्द रचना, प्रमोद खरेलको स्वर, भीम बिसीको संगीत, श्यामस्वत रसैलीको संगीत संयोजन रहेको ‘एक कदम’ बोलको गीतमा गायक खरेललाई भीम बिसि, मनोज खनाल, दिनेश बिष्टले स्वरमा साथ दिएका छन् ।

सन्देशमूलक भिडियोमा दिनेश बिष्ट, भीम खड्का, दीपा पनेरु, प्रियंका शिवाकोटी, हीर शाही ‘संगीता’, ओमप्रसाद शिवाकोटी, विशाल नेपाल, निर्मल बिष्ट, रोहित घिमिरे, सुक्मन जंग अश्रपती, रोशन बोगटी, दिनेश जोशी, वीरेन्द्र कलेल, अर्जुन बम आदिको अभिनय रहेको ‘एक कदम’ भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

यसमा पोष्टर डिजाईन लक्ष्मण चौहान, श्रृंगार यमुना पाण्डे र एलिजा सिजवाल, भीएफएक्स मीन रावल, कलर मिलन बिश्वकर्माको छ ।

यसमा तपाइको मत

अन्य समाचार