काठमाडौं,
भदौ २० ।
छायाँछवि तीज म्युजिक अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच छायाँछवि क्रियशनले नियमित रूपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्युजिक अवार्डको ११औं संस्करण सम्पन्न भएको हो ।
कार्यक्रममा मौलिक तीज गायिकातर्फ ‘गम्कीदे मादलु’बाट एलिना चौहानले अवार्ड चुम्नुभयो भने उत्कृष्ट तीज गीत गायिकामा ‘हरदनी पूजा गर्छु म’बाट शोभा पाण्डे एवं यही विधामा जुरीतर्फ बिन्दु बिसीले अवार्ड चुम्न सफल हुनुभयो । उत्कृष्ट मौलिक तीज गीतको लयतर्फ ‘काली पसम की डोरी कसम’ गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गर्नुभयो ।
यसै गीतबाट स्मारिका ढकालले मौलिक तीज गीत मोडलमा बाजी मार्नुभयो भने तीज गीत मोडल ९महिला०तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल हुनुभयो । साथै यसै विधामा ‘तीजको उमंग’ गीतबाट शिला गजुरेलले जुरी अवार्ड प्राप्त गर्नुभयो र सो अवसरमा मोडल स्व. दीपाशा बिसीको स्मृतिमा यस वर्षदेखि स्थापित छाँयाछवि दीपाशा स्मृति पुरस्कार प्रदान गरिएको थियो । एघार हजार एक सय एघार रुपैयाँको नगद राशि, सम्मान पत्र, दोसल्लासहितको छायाँछवि दीपाशा स्मृति पुरस्कार यस वर्ष मोडल तथा म्युजिक भिडियो कलाकार संघको प्रथम अध्यक्ष अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
त्यसैगरी मोडल सिम्रन दुलाल कुसुम, पत्रकार वर्षा खनाल, गायिका बबिना भट्टराई, वरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछवि तीज नारी सम्मानद्वारा सम्मानित गरिएको थियो । यस किसिमकोे सम्मान आ-आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिएबापत सम्मानित गरिएको आयोजक छायाँछवि क्रियशन अध्यक्ष शान्तिप्रियले जानकारी गराउनुभयो ।
अवार्डमा जुरीका रूपमा गीतकार कृष्णादेवी आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोविन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहनुभएको थियो । सो अवसरमा तीज सम्बन्धित सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठले गायन प्रस्तुति दिनुभएको थियो भने मोडल अश्मिता पुरी र निकिशा श्रेष्ठ एवं सूर्योदय डान्स स्टुडियोको नृत्य प्रस्तुति रहेको थियो ।
दीपज्योति थापाले सहजीकरण गरेको कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छिरिङ भुटीयाको साउण्ड डिजाइन रहेको थियो । शान्तिप्रिय अध्यक्ष रहेको कार्यक्रमको स्टेरिङ कमिटीमा माधवराज खरेल, श्रीदेव भट्टराई, गोकर्ण लामिछाने, कमला जोशी, भीम पौडेल, राजन थापा र दीपक थापा रहनुभएको थियो । अवार्डको सल्लाहकार भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी एवम् देविका बन्दना रहनुभएको आयोजकले जनाएको छ ।
अवार्ड बिजेताहरू :
उत्कृष्ट तीज गीत एरेञ्जर
विनय कार्की क्षेत्री- तिमी म नाचौं
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
प्रकाश मिश्र- उनकै नाममा
उत्कृष्ट तीज गीत छायाँकार
मुकेश हुमागाई- के लाई पीर लीन्छौ
उत्कृष्ट तीज गीत भिडीयो सम्पादक
वीरेन्द्र भाट विपीन – रातो टिकैमा
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र वसेल- तीजको उमङ्ग
उत्कृष्ट तीज गीत भीडीयो निर्देशक
श्रीजन बराल – नाँच मायाले
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
राहुल श्रेष्ठ – हवाइजहाज चडेर
उत्कृष्ट तीज गीत मोडल (महिला)
कविता न्यौपाने -नाँच मायाले
शिला गजुरेल- तीजको उमङ्ग (जुरी)
मौलीक तीज गीत मोडल
स्मारिका ढकाल – काली पसम की
उत्कृष्ट तीज दोहोरी गीत गायक
राजेश बर्देवा- नाच छम्म छम्म
उत्कृष्ट तीज दोहोरी गीत गायिका
अञ्जना सरु- तिमी म नाचौं
उत्कृष्ट तीज गीत शब्द
सुमन बैरागी पण्डित- आएन परदेशी
उत्कृष्ट मौलीक तीज गीत शब्द
लोकराज अधिकारी-गम्कीदे मादलु
उत्कृष्ट तीज गीत लय
शुकदेव अधिकारी- नाँच मायाले
उत्कृष्ट मौलीक तीज गीत लय
प्रेम सापकोटा सानु – काली पसम की
उत्कृष्ट तीज गीत नव-गायिका
संजीता खड्का- बालेनको शहर
उत्कृष्ट तीज गीत गायिका
शोभा पाण्डे- हरदनि पुजा गर्छु
विन्दु बिसी- रातो टिकैमा (जुरी)
उत्कृष्ट मौलीक तीज गीत गायिका
एलीना चौहान – गम्कीदे मादलु
तस्बिर : बद्री थापा






