काठमाडौं,
भदौ १८ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै सापकोटा विजयी हुनुभएको हो । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गर्नुभएको थियो ।
यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी हुनुभएको छ । उहाँले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गर्नुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी हुनुभएको छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी हुनुभएको छ ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा पवित्रा तामाङ अम्बिरबहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित हुनुभएको छ ।






