‘नमेटिने घाउ’का दुई नयाँ पोस्टर सार्वजनिक

काठमाडौं,
साउन ३० ।

चलचित्र ‘नमेटिने घाउ’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल तथा सांसद ज्ञानेन्द्र शाहीलाई चित्रण गरिएको छ । अभिनेता रमित ढुङ्गानाको निर्देशनमा बनेको यो चलचित्रको यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले मन पराएका छन् ।

भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको यो चलचित्र एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय छ ।

‘नमेटिने घाउ’ मा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँगै सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार