मनसुन सुरु भएको दुई महिनामा १७३ जनाको मृत्यु, ४८ बेपत्ता, २२३ जना घाइते

काठमाडौं,
साउन २८ ।

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुवानलगायतका विपद्‍मा परी सोमवार दिउँसोसम्म १ ७३ जनाको मृत्यु भएको छ । सोमबार मनसुन सुरु भएको दुई महिनामा बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ ७३ जनाको मृत्यु भएको हो ।

ती विपदका घटनामा परेर २२३ जना घाइते भएका छन् भने १ १३ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आजसम्म विभिन्न जिल्लामा गरेर ४८ जना बेपत्ता रहेका छन् ।

यो अवधिमा बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । २७५ वटा घर, १०४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८१२ वटा पशुचौपाय मरेको जनाइएको छ ।

उक्त अवधिमा विपद्‍का घटनाबाट चार हजार ३२२ घर परिवार विस्थापित भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार