बुटवल,
साउन ८ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई सोमबार (साउन ७) मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदहरूको हस्ताक्षरसहित सोमबार नै आचार्यले मुख्यमन्त्री दाबी पेस गर्नुभएको थियो ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेको जानकारी गराउनुभएको छ ।
यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै थियो । तर, अन्तिम अवस्थामा पार्टी केन्द्रबाट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन गएको थियो । सोही अनुसार आचार्यले मुख्यमन्त्री दाबी गर्नुभएको थियो ।






