प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पद तथा गोपनीयताको शपथग्रहण

काठमाडौं,
असार ३१ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । सोमबार शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । प्रधानमन्त्री ओलीले देशको ४५ औं प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको हो ।

शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरू, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता थियो ।

ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो । सोहीअनुसार नेकपा एमाले र नेपाली कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

सरकारमा चार दल सहभागी, २२ सदस्यीय मन्त्रिपरिषद
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गर्नुभएको छ । उहाँको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू छन् ।

मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित चार वटा दलको प्रतिनिधित्व छ । कांग्रेसबाट १०, एमालेबाट आठ , जसपा नेपालबाट दुई, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

यस्तो छ ओली क्याबिनेट
प्रकाशमान : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री

विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा गुरुङ : सञ्चारमन्त्री

रमेश लेखक : गृहमन्त्री

शरदसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षा

डा। आरजु देउवा : परराष्ट्रमन्त्री

प्रदीप यादव : खानेपानीमन्त्री

बलराम अधिकारी : भूमि व्यवस्था मन्त्री

दामोदर भण्डारी : उद्योग मन्त्री

नवलकिशोर शाह : महिला तथा बालबालिकामन्त्री

देवेन्द्र दाहाल : भौतिक पूर्वाधारमनत्री

तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेल : स्वास्थ्य तथा जनसंख्यामन्त्री

अजय चौरसिया : कानूनमन्त्री

बद्रीप्रसाद पाण्डे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारी : कृषिमन्त्री

विद्या भट्टराई : शिक्षामन्त्री

मानवीर राई : रक्षामन्त्री

दिपक खड्का : उर्जा

राजकुमार गुप्ता : संघीय व्यवस्थामन्त्री

ऐनबहादुर शाही ठकुरी : बनमन्त्री

यसमा तपाइको मत

अन्य समाचार