कल्पना आङ्बुहाङका चार गीति भिडियो सार्वजनिक

काठमाडौं,
असार ३१ ।

गीतकार कल्पना आङ्बुहाङका चार गीति भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार संघ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवम् तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरू सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाई’ रहेका छन् । सार्वजनिक गीत अनि भिडियोको समीक्षा संगीतकार मुकारुङले गर्नुभएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरू लेख्नुपर्ने धारणा राख्नुभयो । समारोहमा गीतसंगीत, साहित्य, कलाकर्मी, पत्रकार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थित थियो ।

यसमा तपाइको मत

अन्य समाचार