‘मोदीबेनी’को गीत ‘मञ्जुरी’ सार्वजनिक, अमरसँग रोमान्टिक वर्षा (भिडियोसहित)

काठमाडौं,
असार २५ ।

साउन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

‘मोदीबेनी’को एक महत्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अंकुुरण देखिको यात्रालाई चर्चा गरेको छ । एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको संगीत एसडीले नै गर्नुभएको छ भने राम अविरल विष्टले शब्द रचना गर्नुभएको छ । संगीत निर्माता रिकेश गुरुङ हुनुहुन्छ ।

कार्यक्रममा चलचित्रका निर्देशक शंकर कोइराला, निर्माता द्वय दिलीप केसी र हरि श्रेष्ठ, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, कोरियोग्राफर किरण थापा, यस चलचित्रका अन्य कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्यलगायत चलचित्र टिमका अन्य सदस्यको पनि उपस्थिति थियो । चलचित्रमा अनामिका लामिछाने, पुजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराईलगायतको पनि अभिनय छ ।

चलचित्रको अर्को गीतमा शान भुसालको शब्द तथा संगीत छ भने स्वरूप राज आचार्य र एरिका क्षेत्रीको स्वर छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको छ । चलचित्रलाई आनन्दविक्रम क्षेत्रीले लेख्नुभएको हो । चलचित्रमा दीपेन्द्र गौतम ९माइकल०को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स छ । ट्राइडेन्ट कन्सेप्टको पोष्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई ऋच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

यसमा तपाइको मत

अन्य समाचार