नेकपा एसको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत

काठमाडौं,
असार २० ।

नेकपा एकीकृत समाजवादीको महाधिवेशनबाट माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत हुनुभएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो । असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी छ ।

महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनमा १ हजार ८४९ प्रतिनिधि छन् ।

यसमा तपाइको मत

अन्य समाचार