झापा,
असार १६ ।
झापाको बुद्धशान्तिमा नेपाली ‘चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका’ सम्बन्धी कार्यशाला २०८१ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको विशेष सहयोगमा चलचित्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि राजनीतिज्ञ व्यक्तिहरूको उपस्थितिमा उक्त कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रम जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको सभापतित्वमा सम्पन्न गरेको थियो भने प्रमुख अतिथि पूर्वमन्त्री नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं, विशिष्ट अतिथिमा कोशी प्रदेश सांसद चिन्तन पाठक, बुद्ध शान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, चलचित्र निर्माता तथा अभिनेता चिरञ्जीवी बस्नेत, चलचित्र सङ्घका केन्द्रीय सदस्य मिराज पोखरेल, चलचित्र द्वन्द कलाकार संघका कोशी प्रदेश अध्यक्ष विपिन प्रसाईं, चलचित्रकर्मी कुमार सिलवाल , चलचित्र निर्माता प्रकाश मेचे, जनचेतना नेपालका झापा जिल्ला अध्यक्ष शिवकुमार मैनाली, दुर्योधन राजपुत, मनोरथ तिवारी, विष्णु उप्रेती मैनाली, गोकुल पौडेल, तुलसा खतिवडालगायत विभिन्न व्यक्तिहरूको उपस्थितिमा रहेको कार्यक्रमको व्यवस्थापन रोहित नेपालले गर्नुभएको थियो ।
निर्माता निर्देशक चिरञ्जीवी बस्नेत, चलचित्र संघका केन्द्रीय सदस्य मिराज पोखरेल र चलचित्र द्वन्द निर्देशक सङ्घ कोशी प्रदेशका अध्यक्ष विपिन प्रसाईले चलचित्र कार्यशालासम्बन्धी औचित्य प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा जनजनमा चेतना फैलाउने विभिन्न संघसंस्था सामाजिक व्यक्तित्वहरूलाई जनचेतना सम्मान २०८१ बाट सम्मान पनि गरिएको थियो ।
सम्मानित व्यक्तिहरूमा मनोज प्रसाईं, ज्ञानेन्द्र निरौला, मनिष दाहाल, मदन प्रसाई, रुद्र चापागाईं, बुद्ध शान्ति गाउँपालिकालगायत जनचेतना नेपालका राष्ट्रिय परिवेक्षकहरूलाई कदरपत्रबाट सम्मानित गरिएको थियो । जनचेतना नेपालले निर्माण गरेको बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र ‘युवा उत्प्रेरणा’ पनि सो अवसरमा प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सरिता प्रसाईं, चिन्तन पाठक, मनोज प्रसाईं, मनोरथ तिवारी, तुलसा खतिवडा लगायतले संस्थालाई शुभकामना साथै चलचित्रमा पर्यटन तथा युवाहरूको बारेमा धारणा राख्नुभएको थियो भने गजलकार पदम निरौलाले गजल प्रस्तुत गर्नुभएको थियो ।
गीता खनाल कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य जनचेतना नेपाल झापा जिल्ला अध्यक्ष शिवकुमार मैनालीले गर्नुभएको थियो । कार्यक्रममा पर्यवेक्षकहरुको अनुभवको बारेमा निराजन गौतमले आफ्नो धारणा राख्नु भएको थियो ।






