हामी नेपाली ग्लोबलको सव च्याप्टर गठन

क्यालिफोर्निया,
जेठ २० ।

संसारको जुनसुकै कुनामा रहेता पनि आपसमा सङ्गठित हुँदै सुख दुखमा साथ दिनु नेपालीहरुको स्वभाव नै हो। विगत लामो समयदेखि प्रवासी नेपालीहरुको छाता सङ्गठन ‘गैह्र आवासीय नेपाली सङ्गठन’देखि लिएर विभिन्न क्षेत्र, जिल्ला र बर्गका अलग अलग सङ्गठनहरूले नेपाल र नेपालीहरूलाई अप्ठ्यारोमा साथ दिनुका साथै आफ्ना कला संस्कृति र भेषभूषाहरूलाई विश्व समूदाय माझ चिनाईरहेका छन् । साँच्चै भन्दा स्वदेशमा कसैलाई चोट लाग्दा सहानुभूतिक‍ो आँसु झर्ने मात्र हैन मल्हम लगाउने काम पनि प्रवासी नेपालीहरूले गर्ने गरेका छन् । बिरामी भएर या अन्य कारणले अप्ठ्यारोमा परेका प्रवासी नेपालीहरूलाई उद्धार गर्नेदेखि लिएर स्वदेशमै विभिन्न दैवी बिपत्तिमा परेका या रोग र भोकले ग्रसित नेपालीहरूलाई राहत दिलाउने काम प्रवासी नेपालीहरूले गर्दै आएका छन् ।

यसै शिलशिलामा प्रवासमा छरिएर रहेका नेपाली मनहरूलाई भावनात्मक रूपमा अझै सङ्गठीत गराई उनीहरूमा भात्रृत्वभाव जगाउनुपर्छ भन्ने फराकिलो सोच राखी सन् २०१८ मा केही सामाजिक भावले ओतप्रोत प्रवासी नेपालीहरूको सक्रियतामा ‘हामी नेपाली ग्लोबल’ नामक विशुद्द सामाजिक संस्थाको स्थापना भई सक्रियताका साथ अगाडि बढिरहेको छ । समाजसेवी अमृत लामाको अध्यक्षतामा स्थापना भएको य‍ो संस्थाका शाखाहरू आजको मितिसम्म संसारभरका ४२ देशमा र ती देशका विभिन्न शहरहरूमा विस्तार भएका छन् ।

अमेरिका च्याप्टरहुँदै अमेरिकाभित्रका न्युयोर्क, क्यालिफोर्नियासहित सव च्याप्टर गठन गर्ने क्रममा यही जुन १ तारिकका दिन न्युयोर्क राज्यक‍ो नजिकै रहेको कनेक्टीकट राज्यमा पनि डा. जित बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय सव च्याप्टर गठन भएको छ ।

केन्द्रका अध्यक्ष अमृत लामाको प्रमुख आतिथ्य तथा अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा ज्ञानु श्रेष्ठ, विष्णु विक्रम खड्का, मूना तिवारी, रामचन्द्र श्रेष्ठ, अमेरिका च्याप्टरका अध्यक्ष श‍ोभाकान्त पाण्डे, राज श्रेष्ठ लगायतका व्यक्तिहरूले मन्तव्य दिनुभएको थियो । अमेरिका च्याप्टरका महासचिव सूर्य सिँखडाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई न्युयोर्क च्याप्टरका अद्यक्ष वीरेन्द्रजङ्ग केसीले स्वागत मन्तव्य दिनुभएको थियो भने आमन्त्रित व्यक्तिहरूलाई सुप्रीना सिँखडा, रोमा पन्त ढकाल र कविता शर्माले खादा लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा यतिबेला अमेरिका भ्रमणमा रहुनभएका कवि तथा गीतकार प्रकाश सुवेदीले दर्शक श्रोताहरूमाझ आफ्ना रचनात्मक प्रस्तुति दिनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार