जन्ते बाख्रोको मुख्य भूमिकामा सौगात मल्ल अनुबन्धित

काठमाडौं,
जेठ १६ ।

चलचित्र जन्ते बाख्रोको मुख्य भूमिकामा सौगात मल्ललाई अनुबन्धित गरिएको छ । सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्रको निर्माण टिमले ‘जन्ते बाख्रो’को मुख्य भूमिकामा मंगलबार मल्ललाई अनुबन्धित गरेको हो । चलचित्रमा सिमोस र सौगातले तेस्रो पटक सहकार्य गर्दै हुनुहुन्छ ।

यसअघि उहाँहरूले ‘झयानाकुटी’ र ‘हात्तीछाप’मा एकसाथ काम गर्नुभएको थियो । आगामी भदौबाट छायांकन गरिने चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहनेछ ।

मुइन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा सन्तोष गौतम र निर्देशक सिमोस सुनुवारको लगानी रहनेछ । चलचित्रका अन्य कलाकार पनि छनोट भइरहेको निर्माणपक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार