नारायणगढ मुग्लिन सडक खण्डमा पाँचवटा सवारी साधन ठोक्किदा एकको मृत्यु, २२ घाइते

मुग्लिन,
जेठ १४ ।

नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा राति १२:३० बजेको समयमा तीन वटा बस र दुई वटा ट्रक एक आपसमा ठोक्किएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ जादै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससँग विपरित दिसाबाट आउदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

त्यस्तै मुग्लिनबाट जादै गरेको यात्रुबहाक बसलाई सोही दिसातर्फ जादै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।

दुर्घटनमा परेकाहरूको उद्धार गरी २३ जना घाइतेहरुलाई उपचारको लागि कुरिनटार स्थित आधारभुत अस्पताल र भरतपुर लगिएको इप्रका मुग्लिन संचार शाखाले जानकारी दिएको छ । उद्धार गरिएकाहरू मध्ये एक जनाको मृत्यु भएको र मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण मुग्लिन नारायणढ सडक पूर्णरुपमा अवरुद्ध भएकोमा जेसिभिको प्रयोग गरी दुर्घटनामा परेका सवारी साधनलाई हटाइ अहिले राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार