प्रतिनिधिसभा बैठक जेठ १ सम्मका लागि स्थगित

काठमाडौं,
वैशाख २८ ।

तिनिधिसभाको आज दोस्रोपटक बसेको बैठकमा पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १ जेठसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

अब १ जेठ साँझ ६ बजे बैठक बस्ने उहाँले घोषणा गर्नुभयो । दोस्रो बैठक सुरु भएलगत्तै कांग्रेसको सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । यसअघि आजै पहिलोपटक बसेको बैठकमा पनि कांग्रेसका सांसदहरूले वेल घेराउ गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो ।

दोस्रो बैठकमा सभामुख घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएको थियो । मन्त्री लामिछाने बोल्न तयार भइरहँदा कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । उनीहरू सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार