काडमाडौं,
वैशाख १६ ।
साइराम पिक्चर्सबाट समसामयिक विषयवस्तुमा आधारित म्युजिक भिडियो ‘गन्तव्य खोज्दै’ सार्वजनिक गरिएको छ । ऋण तिर्न नसक्दा खेत नै बन्धकी राखेर आफ्नो छोरालाइ शहर पठाएको बाध्यतामा परेको बाबुको पीडा, रमाइलो गरुँ भन्दा भन्दै गरीबीले श्रीमान् लार्इ आफूभन्दा टाढा विदा गर्नुपर्ने श्रीमतीको बाध्यता, घरको विषम परिस्थिति र ऋणको पिरले सहरमा पैसा कमाउन गएका युवा विदेश जाने रहर बोकेर आफ्नो इहलिला सहरमै समाप्त गरेको दुखद् कथावस्तुमा गीतको भिडियोको छायांकन गरिएको छ ।
भिडियोमा कमल सिंह, मिशेल घिमिरे र झलकमान अधिकारी मुख्य भूमिकामा देखिनुभएको छ भने सहायक पात्रमा विनय ढुंगेल, रामकुमार ढुंगेल, बलबहादुर नेपाली र सुरेश रार्इ देखिनु भएको छ । आफ्नो हरेक भिडियोमा मनछुने कथावस्तु र मीठो सन्देश दिँदै आएका निर्देशक संकेत अगस्तीले यो भिडियोमा पनि श्रम शोषण र नेपाली युवाको वास्तविकता देखाउन खोज्नुभएको छ ।
गायक श्रेय अगस्ती र बाबुल गिरीको स्वर, संकेत अगस्तीको संगीत र साक्षी-श्रेयको शब्द रचनामा बाबुल गिरीको संगीत संयोजन, रन्जन राइको रेकर्डिङ र विशाल निरौलाको मिक्सिङ मास्टरिङमा बनेको यो गीतको कथावस्तु साक्षी श्रेयको रहेको छ भने शृङ्गारमा शर्मिला सुनुवार, छायांकनमा करण चैसिर, क्रियेटिभ निर्देशनमा खेमनाथ खनाल र सम्पादनमा टेकेन्द्र शाह हुनुहुन्छ । सुनिता ढुंगेल र अगस्ती क्रियेसनले गीतको भिडियो निर्माण गरेको हो ।






