पदम विश्वकर्माको ‘पाताल’ लोकार्पण

काठमाडौं,
वैशाख ६ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीका सभापति साहित्यकार पदम विश्वकर्माको उपन्यास ‘पाताल’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा काठमाडौंमा एक कार्यक्रमबीच कृति लोकार्पण कार्यक्रम भएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले सभापतित्व रहेको थियो ।

अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मन्जिला शर्माले सञ्चालन गरेको कार्यक्रमका अर्का उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि राईलगायत अतिथिहरू स्रष्टा पदम विश्वकर्मा, अनेसास निवर्तमान अनेसास बिओटी सभापति गीता खत्री, अनेसास पूर्व अध्यक्ष राधेश्याम लेकाली, अनेसासका केन्द्रीय उपाध्यक्ष डा. रेणुका सोलु, प्राज्ञ बाबा बस्नेत, समीक्षक महेश पौड्याल, नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, माननीय सांसद् रणेन्द्र बरालीलगायत मंचासीनहरूले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभएको थियो ।

लोकार्पण पश्चात् समालोचक तथा प्रखर वक्ता महेश पौड्याल र माननीय रणेन्द्र बरालीले ‘पाताल’को समिक्षा गर्नुभएको थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरले स्रष्टा विश्वकर्मालाई स्रष्टा सम्मान गरेको थियो ।

प्रमुख अतिथि कुलपति राईको मन्तव्यपश्चात् अतिथिहरू लेकाली, प्रतीक ढकाल, डा. रेणुका सोलु, गीता खत्री, प्राज्ञ बाबा बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

लेखकीय मन्तव्यमार्फत पाताल सिर्जनाको अवस्थाबारे जानकारी गराउँदै स्रष्टा पदम विश्कर्माले लेखकीय मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका सभापति अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले पाताल कृतिमाथि चर्चा गर्दै उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अनेसासका प्रखर सारथि राम खत्री, अनेसास ट्रस्टी खेमनाथ दाहाल, डा. दामोदर पुडासैनी, मदन पुरस्कार विजेता साहित्यकार गोपाल पराजुली, अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरे, रञ्जु दाहाल, डा. बुनु दाहाल, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल, कार्यकारी सम्पादक गीता अधिकारी, मधु पाठक, सुष्मा आचार्य, हरिबोल ढकाल, ममता मृदुल, अनेसास नेपाल कार्यसमितिका महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, शान्ता शर्मा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२३ संस्कृति विधाबाट पुरस्कृत स्रष्टा गणेश जिसीलगायत उल्लेख्य व्यक्तित्वहरूको उपस्थित थियो ।

यसमा तपाइको मत

अन्य समाचार