‘छौ नि तिमी आहा’ भन्दै संगीता र श्रेय (भिडियोसहित)

काठमाडौं,
चैत २० ।

संगीता चौधरी र श्रेय अगस्तीको स्वरमा रहेको गीत ‘छौ नि तिमी आहा’ सार्वजनिक भएको छ । डा.विष्णुमूर्ति भट्टराईको शब्द रचना, श्रीधर अधिकारीको संगीत, विशाल निरौलाको संगीत संयोजन र रञ्जन राईको मिक्सङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान एस.के.को निर्देशन एवं संकेत अगस्तीको क्रियेटिभ निर्देशन रहेको गीतको भिडियोमा समीप निरौला र मिशेल घिमिरेको अभिनय छ । दीपक गिरीको छायांकन रहेको भिडियोमा कविता तोलांगीको शृंगार, मीन रावलको सम्पादन छ ।

सुनिता ढुंगेलको निर्माण रहेको भिडियोमा प्रकृति साथै दुई प्रेमीको एक अर्काप्रतिको मायाको वर्णन गरिएको छ । गीतको भिडियो श्रीधर अधिकारी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार