बबिनाको स्वरमा ‘आकाशैमा चिल हो कि बेसारा’ (भिडियोसहित)

काठमाडौं,
चैत्र १ ।

बबिना किरातीको स्वरमा गायक भुवन थुलुङको चर्चित गीत ‘आकाशै मा चिल हो कि बेसारा’को फिमेल भर्सन सार्वजनिक भएको छ । भुवनको शब्द संगीत, रिकेश गुरुङको एरेञ्ज र राजु कार्कीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

जिन्दगीको कुनै भर छैन बाचुञ्जेल गरौं रमाइलो मरेर केछ र लानु भन्ने कथामा तयार भएको भिडियोमा सम्राट अधिकारी, अनिश मगर, सृष्टि सुब्बा, रस्मी आलेमगर र बबिनाको अभिनय छ ।

भिडियोमा सम्पादन विकाश दाहाल, सिनेमाटोग्राफी इशक जबेगुको रहेको छ । युवापिँढीको रमाइलो कथामा अधारित गीतको भिडियो राजेश पुमा राईले निर्देशन गर्नुभएको हो । भिडियो बबिनाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार