काठमाडौं,
फागुन २९ ।
लिजा लामाको स्वरमा रहेको गीत ‘के भनि बोलाउ’ सार्वजनिक भएको छ । निर्मल बरालको शब्द, सङ्गीत र मनोज चौलागाईंको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
राजु लामाको निर्देशन रहेको भिडियोमा राजु र रोजिना धिमाललाई फिचरिङ गरिएको छ । विक्रम धिमालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सानु उपाध्यायको कन्सेप्ट छ । भिडियो इलामको सुन्दर चिया बगान वरिपरि छायांकन गरिएको छ ।






