सूर्य बोहोराको ‘चमेलीको पोई’मा नारायण त्रिपाठी

काठमाडौं,
फागुन १२ ।

निर्देशक एभरेस्ट सूर्य बोहराले नयाँ चलचित्र निर्माण घोषणा गर्नुभएको छ । बोहराले ‘चमेलीको पोई’ नाममा नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको हो । चलचित्र विसुद्ध कमेडी जनरामा बन्ने उहाँले जानकारी गराउनुभएको छ । आजको सामाजिक विषयवस्तुमा बन्न लागेको कमेडी फिल्मको शीर्षकप्रति दर्शक तथा शुभचिन्तकबाट बोहराले सुझावसमेत माग्नुभएको छ ।

यो चलचित्रबाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने हुनुभएको छ । बिगत लामो समयदेखि अमेरिका बस्दै आउनुभएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको निर्देशक बोहराले जानकारी दिनुभयो ।

चलचित्रका अन्य कलाकार भने खुलाइएको छैन । निर्देशक बोहराले यतिबेला चलचित्रको स्कृप्टको काम अन्तिम चरणमा रहेको र गीत संगीतमा काम भइरहेको बताउनुभयो । २०२४ भित्रै प्रदर्शनमा ल्याउने तयारीसहित केही समयपछि औपचारिक घोषणासहित चलचित्रलाई फ्लोरमा लैजाने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार