रमेशको स्वरमा ‘तिमी नभए’ (भिडियोसहित)

काठमाडौं,
फागुन ४ ।

रमेश किशोर ढकालको स्वरमा रहेको गीत ‘तिमी नभए’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।

एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त गीतको भिडियोमा कलाकारद्वय सनम कठायत र कविता न्यौपानेलाई विवाहित दम्पतीको रूपमा निकै आकर्षक प्रेम मुद्रामा प्रस्तुत गरिएको छ ।

राजकुमार बगरको शब्द र सङ्गीत रहेको उक्त प्रेमिल गीतलाई जनक सिंहले निर्देशन गर्नुभएको हो । भिडियोमा दिपक गिरिको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार