काठमाडौं,
माघ १२ ।
नेपाली कांग्रेसले देशैभर विभिन्न कार्यक्रम गरी पार्टीको ७८औँ स्थापना दिवस मनाउँदै छ । पार्टी स्थापना दिवसको अवसरमा नेपाली कांग्रेसले आज (शुक्रबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी स्थापना दिवसको अवसरमा ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम राखेको छ। कार्यक्रमलाई पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसपटक नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउँदैछ । पार्टी स्थापनाको दिन माघ १२ मा सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई कांग्रेसले स्थापना दिवसका रूपमा मनाउँदै आएको छ ।






