काठमाडौं,
माघ १२ ।
निता आचार्य र सिडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘गरिदेउ बिदा’ सार्वजनिक भएको छ । सागर बास्तोलाको शब्द, ऋषि खड्काको संगीत, विशाल निरौलाको एरेञ्ज र कुमार रानाको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जनक सिंहको निर्देशन रहेको गीतको भिडियोमा सनम कठायत र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । दीपक गिरीको छायांकन, अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई खप्तड क्षेत्र वरपरका गाउँमा छायांकन गरिएको हो । गीतको भिडियो निताको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






