काठमाडौं,
माघ ४ ।
तृप्ती खड्काको स्वरमा ‘जय स्वस्थानी माँ’ सार्वजनिक भएको छ । हिन्दू धर्मावलम्बीहरूको हरेक बर्ष स्वस्थानीको ब्रत बस्ने र स्वस्थानीको ब्रत सकिएपश्चात भजन किर्तन गर्ने प्रचलन छ ।
यसै भजन किर्तनलाई आधारित बनाएर जय स्वस्थानी माँ नामक गीत सार्वजनिक गरिएको हो । यस गीतमा नरेन न्यौपाने (अप्ठ्यारो) को शब्द, सङ्गीत रहेको छ ।
गीतको भिडियोमा गायिका तृप्ती स्वयम् देखा देखिनुभएको छ । भिडियोलाईलाई नरेन न्यौपानेको युटुब च्यानलमार्फतसार्वजनिक गरिएको हो ।






