काठमाडौं
माघ ३ ।
यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको संगीत/एरेन्ज र विप्लव अधिकारीको रेकर्ड/मिक्सिङ छ ।
कुवेर तामाङको निर्देशन रहेको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ ।
भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायांकन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






