‘आईसी डिजाइनर रनवे’ सिजन-१३ का लागि २४ मोडल छनोट

काठमाडौं,
माघ ३ ।

‘आईसी डिजाइनर रनवे’ सिजन-१३ का लागि २४ मोडल छनोट भएका छन् । अडिसनबाट १८ महिला र ६ पुरुषसहित २४ मोडल छानिएका हुन् ।

अडिसनमा ३५० मोडलको सहभागी थिए । अभिनेत्री प्रियंका कार्की, सविता कार्कीलगायतको निर्णायकमण्डलले मोडल छानेको हो । छानिएका मोडलको आगामी चैत १६ गते होटेल याक एण्ड यतिमा आयोजना हुने ‘आईसी डिजाइनर रनवे’ फेसन शोमा र्‍याम्पमा प्रस्तुति रहनेछ ।

शोमा विभिन्न देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन शोको म्यानेजमेन्ट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले गर्दै छ ।

‘आईसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

यसमा तपाइको मत

अन्य समाचार