आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं,
पुस १६ ।

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

नेपाली कांग्रेसले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै आएको छ । दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्छ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरू मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किनु भएको थियो ।

बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नु भएको थियो ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश र्फकनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार