रमेश पाठकको ‘तिम्रै झल्को’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस १५ ।

गायक तथा सर्जक रमेश पाठकको शब्द, सङ्गीत रहेको गीत ‘तिम्रै झल्को’ सार्वजनिक भएको छ । बेनिशा पौडेलको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण रसालको निर्देशन रहेको गीतको भिडियोमा पाठक स्वयं र शिला गजुरेलको अभिनय छ । माया गर्ने आफ्नो प्रेमीले नै घात गरेको र बिछोडमा प्रेमिका पीडाले बहकिएको भिडियोमा देखिन्छ ।

योगेस दाहालको छायांकन रहेको भिडियोमा ओम प्रसाईंको सम्पादन छ । गीतको मिक्सिङ(मास्टरिङ नरेन्द्र बियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा गरिएको हो । गीतको भिडियो रमेश पाठकको अफिसियल युट्युब च्यानलमार्फत डिजिटल बजारमा आएको छ ।

यसै वर्षमात्र गायक पाठकको ‘तिमी नै तिमी, मायााकै पिर, सातै सुरमा, तिम्रै झल्को रातदिन, दशैँ आयो मनै रमायो, हैरानै गरायौंलगायत गीत सार्वजनिक भएकाछन् ।

यसमा तपाइको मत

अन्य समाचार