काठमाडौं,
मंसिर १९ ।
चलचित्र ‘चिठ्ठी’को गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । कृष्णहरि बरालको शब्द, सञ्चारकर्मी सरोज कोइरालाले सङ्गीत र शिव परियारको स्वर रहेको चलचित्रको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई ओएसआर डिजिटल च्यानलमार्फत सार्वजानिक गरिएको छ ।
माधवराज खरेलको लेखन र निर्देशन रहेको चलचित्रमा सञ्जीत भण्डारी, खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुसाल, श्रीदेव भट्टराई, नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पूर्ण राई, पुरुषोत्तम सानुलगायत कलाकारको अभिनय छ ।
जीवन पराजुली र राजन खरेलको छायांकन रहेको चलचित्रमा माधव खरेल र अच्यूत बजगाईंको सम्पादन छ भने कलर संयोजन तथा भिएफ्एक्स समिर मिया, गीतको मिक्सिङ तथा ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीको छ ।
सञ्चारकर्मी कमला जोशीले निर्माण गरेको चलचित्रको साहायक निर्माताका रूपमा अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य रहनुभएको छ । काठमाडौं, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको चलचित्रको प्रदर्शनी मिति छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।






