‘हिटम्यान’को पोस्टर र टिजर सार्वजनिक

काठमाडौं,
मंसिर १८ ।

इन्डो नेपाली चलचित्र ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक चलचित्रको पोष्टर र टिजर सार्वजनिक गरिएको हो ।

चलचित्रमा आँचल शर्मा, विष्णु अधिकारी, प्रशान्त ताम्राकार लगायतको मुख्य भुमिका छ । चलचित्र नेपाल र भारतको अलवा ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमासमेत सार्वजनिक हुने बताइएको छ । चलचित्रले नेपाल र भारतका दर्शकलाई जोड्ने विश्वास गरिएको छ ।

विष्णु अधिकारीको निर्देशन रहेको चलचित्रलाई विभिन्न पाँच देशमा छायांकन गरिएको छ । दीपक अधिकारी निर्माता रहेको चलचित्रमा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले पनि सहकार्य गर्नुभएको छ । चलचित्र आउदो फेब्रुअरीमा रिलिज हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार